चितवन, भदौ १४–
पूर्वी चितवनको राप्ती नगरपालिका–३ गड्यौलीका बाबुराम पाठक पाँच दिनदेखि बेपत्ता भएका छन् ।
परिवारका अनुसार बाबुराम नियमित रुपमा मर्निङ वाकमा निस्किन्थे । भदौ १० गते बिहान ५ बजे घरबाट निस्किएका पाठक अझै पनि सम्पर्कमा नआएका हुन् ।
उनका छोरा सुरेन्द्र पाठकका अनुसार बुबा सम्पर्कविहिन भएपछि भदौ १२ गते प्रहरीमा खोजि गरिदिन भनि निवेदन दिइएको छ । बाबुरामको उचाई करिब ५ फुट ८ इन्च रहेको छ ।
बाबुरामलाई देख्नेल् नजिकको प्रहरी कार्यालय वा परिवारलाई सम्पर्क गर्ने नम्बर ९८५५०६८४४८, ९८५११४१०१२ र ९८४५०३२०३२ मा सम्पर्क गर्न छोरा पाठकले आग्रह गरेका छन् ।