मुग्लिन १२ भदाै-
भर्खरै प्राप्त खबर अनुसार भरतपुर महानगरपालिका २९ स्थित केरावारीमा लेदो सहितको पहिरो खसेको छ । केहिबेर अघि करिब साढे ८ बजेतिर उक्त स्थानमा पहिरो खसेको हो।
पहिरो खसेका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि पहिरो स्थलमा डोजर पुगेपनि निरन्तर झरी परिरहेका कारण पहिरो हटाउने कार्य सुरु हुन नसकेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिएको छ। उनका अनुसार पानी पर्न रोकिए मात्र पहिरो पन्छाउन सहिने अवस्था छ।
मुग्लिन–नारायणगढ सडकखण्डको अधिकांश स्थानमा हिजोदेखि निरन्तर झरि परेको छ । झरि परेको कारण उक्त सडकखण्ड भएर यात्रा गर्न जोखिम देखिएको छ ।








