चितवन, भदौ ११-
अङ्कुरम एकेडेमीका विद्यार्थीहरुले गणित प्रर्दशनी गरेका छन् ।
कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरू रचनात्मक प्रस्तुतिमा व्यस्त देखिन्थे ।
प्रर्दशन गराइएका सम्पूर्ण सामग्रीहरू विद्यार्थी आफैंले निमार्ण गरेका हुन्. । यस प्रदर्शनीमार्फत बालबालिकाहरूले गणितलाई बोझ र अप्ठ्यारो विषयका रूपमा नलिई रमाइलो खेलको रूपमा प्रर्दशन गर्दा सहभागी सबैलाई थप हौसला मिलेको बताएका थिए ।
प्रर्दशनीमा चितवन जिल्लाका १०० भन्दा बढी विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीले अवलोकन गरेका थिए । यस्ता खालका प्रर्दशनीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने तथा सृजनशील बनाउने कुरा विज्ञ अभिभाभकहरूले बताए ।
यस्ता सृजना तथा परियोजना कार्यले शिक्षण शिकाई रुचिकर अनि प्रभावकारी हुने तथा भविष्यमा विद्यार्थीहरू आफ्नो विषयमा अब्बल हुने कुरा विद्यार्थी तथा अभिभावकहरूले आत्मसात गरे ।
यस्ता खालका परियोजनाहरू समय समयमा सञ्चालन गराइँदा विद्यार्थीहरुलाई अझै सिर्जनशील बनाउन सकिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यहरू सञ्चालन गर्ने विद्यालयको योजना रहेको एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेलले बताए ।
स्थापना कालदेखि नै अङ्कुरम एकेडेमीले विद्यार्थीहरुलाई डिजिटल माध्ययम अनि प्रयोगात्मक शैलीबाट अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आइरहेको छ ।