चितवन, भदौ १० –
नारायणी किनारमा संघसंस्थाको भवनमा व्यापार हुन थालेपछि भरतपुर महानगरपालिका वडा नम्बर १को कार्यालयले कार्यविधि बनाउने भएको छ
नदी किनारमा अव्यवस्थित रूपमा रहेका विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरुले संस्था संचालनको भावना विपरीत भरतपुर महानगरपालिका वडा नम्बर १ को स्वामित्वमा रहेको तर संस्थाले ओगटेका जग्गाहरु आफूखुसी विभिन्न व्यापापारिक प्रयोजनका लागि भाडामा लगाएको विषयमा आज वडा कार्यालयमा अन्र्तक्रिया गरिएको थियो ।
वडाध्यक्ष केशव महर्जनको अध्यक्षतामा सोही संस्थाका पदाधिकारीहरुलाई राखेर भएको छलफलबाट माहानगरको नियमभित्र रही संस्था संचालनको कार्यविधि बनाउने निर्णय भएको छ ।
छलफलमा भरतपुर महानगरपालिकाका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले संस्था संचालनका विषयमा महानगरपालिकाको कानुनी पाटाहरूका बारेमा जानकारी गराएका थिए ।
आज छलफलमा आएका सुझाव तथा सल्लाह र कानुनी तरिकालाई अवलोकन गरी नयाँ कार्यविधि बनाएर उचित व्यवस्थापन गर्ने निर्णय भएको वडा सदस्य मनोज घिमिरेले चितवन आजलाई जानकारी दिए ।


















