चितवन, भदौ १०
ग्लोबल आइएमई बैंक नारायणगढ शाखामा शुभकामना आदानप्रदान गरेर तीज मनाइएको छ ।
कार्यालय समय सकिएपछि सबै कर्मचारी भेला भएर बैंकभित्र नाचगान गरी तीज मनाइएको हो । एकजना कर्मचारीको सरुवा भएको र तीजको अवसर पारेर केक समेत काटिएको थियो ।
नाचगानमा बैंकका ब्रान्च म्यानेजर नारायण पौडेलसहित सबै कर्मचारीहरुको सहभागिता थियो । सँधै आआफ्नो काममा व्यस्त देखिने कर्मचारीहरु एकै ठाउँमा भेला भएर नाचगान गर्दा बैंकभित्र छुट्टै उल्लास छाएको थियो ।