चितवन, भदौ १० –
भरतपुरको सप्तगण्डकी क्याम्पसमा तीज विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको आयोजनामा क्यापसको सभाहलमा आज बिहान कार्यक्रम सम्पन्न गरएको हो ।
आज क्याम्पसको पठनपाठन रोकिएको थियो । विद्यार्थीहरु नाचगान गर्दै, एकआपसमा शुभकामना आदानप्रदान गर्दै रमाएका थिए । सँधै पढाइमा व्यस्त हुने विद्यार्थीहरु आज कलेज ड्रेसमा नाचगान गर्दा कलेजमा छुट्टै उल्लास छाएको थियो ।
अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट रहेका थिए ।
यसैगरी कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश आचार्य, प्रदेश कमिटी सदस्यहरु, अनेरास्ववियुका जिल्ला कमिटी संयोजक अमित कुमार गुप्ता, नेकपा एमालेका युवा नेता अश्विन घिमिरे, छिमेकी कलेज कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सप्तगण्डकीका अधिकांश विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

















