चितवन, भदौ ८-
सहमति भए आफूले जितेको निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्न तयार रहेको जनता समाजवादी पार्टी (जसपा) बाट वनमन्त्री बनेका प्रदीप यादवले बताएका छन् ।
‘म पर्साबाट प्रतिनिधिसभा सदस्य बनेको हुँ, हामीले प्रचण्डजस्तो नेता पाउन सकेका छैनौँ । म उम्मेदवारबाट पछि हटेर उहाँलाई मेरै क्षेत्रको उम्मेदवार बनाउने इच्छा छ ।’ उनले भने ।
आज चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोध गर्दै सो कुरा बताएका हुन् ।
पार्साका जनताले केन्द्रिय नेताको कमी महसुस गरेकाले प्रचण्ड आएभने प्रत्येक घरघरबाट भोट आउने र जिताउने जिम्मा आफ्नो भएको मन्त्री यादवले दाबी गरे ।
उनले आफ्नो र प्रचण्डको विचार एउटै भएको बताउँदै गणतन्त्र र राज्य व्यवस्था प्रचण्डविना सम्भव नभएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार