चितवन, भदौ ७ –
भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा सन्दिप अधिकारीको नेतृत्वमा खेलकुद समिति गठन गरिएको छ ।
सोमबार भएको इकाई अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा अधिकारीकोको नेतृत्वमा समिति गठन गरिएको हो । १५ वर्षअघि खेलकुद समिति गठन भए पनि विविध कारणले गर्दा समिति सक्रिय हुन सकेको थिएन ।
अहिले पुनः सन्दिपको नेतृत्वमा समिति बनाइएको हो । समिमितको सदस्य सचिवमा सुवास पौडेल चयन भएका छन् । अन्य सदस्यहरु पछि मनोनित गरिने अध्यक्ष अधिकारीले चितवन आजलाई बताए । क्याम्पसले खेलकुदका लागि भनेर विद्यार्थीबाट रकम उठाउने गर्छ ।