चितवन, भदौ ३-
बृद्धलाई ठक्कर दिएर फरार भएको बोलेरोलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी खोला पुल नजिकै स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरलाई ठक्कर दिएर बोलेरो फरार भएको थियो । ठक्करबाट मगरको मृत्यु भइसकेको छ ।
बोलेरो फरार भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रहरीले सिसि क्यामरा हेरेर बोलेरोको पहिचान गर्ने काम गरिरहेको छ ।








