Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, माघ २०, २०७९
☰
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

    चितवनका लेखक हिरा लामाको पहिलो कृति ‘दलदल’ सार्वजनिक

    एसईईको परीक्षा चैत १७ गतेदेखि [तालिकासहित]

    बालबालिकाको शिक्षाका लागि अभिभावकको पहिलो रोजाइ भरतपुरको ‘स्टार मन्टेश्वरी’ एकेडेमी

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    लोकप्रिय समाचार

    • १. भरतपुरको लङ्कुमा १५ दिने बृहद् महायज्ञ हुँदै, गुरुकुलमा निशुल्क पढ्ने विद्यार्थीको खर्च जुटाउने उद्देश्य

    • २. बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

    • ३. फेरि बढ्यो इन्धनको मूल्य

    • ४. वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

    • ५. यस्तो छ तपाईको आजको राशिफल

    • ६. प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार

    • ७. चितवनमा चेक बाउन्सका उजुरी बढे, ६७ वटा मुद्दा दर्ता

    • ८. नेकपा एमाले वडा कमिटि भरतपुर ११ ले पार्टीका १२५ जना अग्रजलाई गर्यो सम्मान

    • ९. सुर्खेतको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

    • १०. एसईईको परीक्षा चैत १७ गतेदेखि [तालिकासहित]

    संसदीय अनुमोदनपछि के हुँदैछ एमसिसी ?

    काठमाडौं ,भदौ २ –
    प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ ।

    लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजनाको काममा किन ढिलाइ भइरहेको छ ? सरकार या कसको कारण हो ? वा अनुदान उपलब्ध गराउने निकायका तर्फबाट गर्नुपर्ने केही काम बाँकी छ कि भन्ने चासो र जिज्ञासा पनि उत्तिकै छ । प्रतिनिधिसभाले गत फागुन १५ गते नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता अनुमोदन गरेको हो । तीव्र राजनीतिक विवादकाबीच सम्झौता अनुमोदन भए पनि त्यसपछिका काम भने नियमित रुपमा नै अगाडि बढिरहेको पाइन्छ । तर यस परियोजनामा के भइरहेको छ भन्ने बारेमा नागरिकले प्रत्यक्ष रुपमा थाहा भने पाएका छैनन् । सम्बद्ध निकायले परियोजना प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरु जारी नै रहेको जनाएको छ ।

    आम मानिसका यिनै जिज्ञासाको समाधान गर्दै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, “पूर्व तयारीको काम भइरहेको छ । त्यसकारण पनि के काम भयो भनेर जिज्ञासा हुनु स्वभाविक नै हो ।” वातावरणीय प्रभाव मूल्याङ्कनको काम यसैबीचमा सम्पन्न भएको छ । तीन वटामध्ये एक सवस्टेशन रहने नुवाकोटको रातमाटेस्थित जग्गाको मुआब्जा वितरणको काम करिब सकिएको छ । यस्तै, रुख गणना तथा अन्य काम जारी छ भने सवस्टेशन निर्माण हुने तनहुँको दमौली र न्यू बुटबलको पनि डिजाइन एवं ड्रइङको काम भइरहेको छ । निर्माण व्यवसायी छनोटका लागि गर्नुपर्ने पूर्व तयारीको काम पनि जारी रहेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए ।

    आगामी मङ्सिर पुसभित्र सक्ने गरी ठेकेदार छनोटका लागि आवश्यक काम भइरहेको छ । ठेकेदार छनोटका लागि कम्तीमा पनि १८० दिनको समयसीमा निर्धारण गरेर अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने व्यवस्था छ । त्यसभन्दा पहिल्यै आयोजनास्थल तयार बनाउनुपर्नेछ । काठमाडौंको नाङ्लेभारदेखि सुरु हुने चार सय किलोभोल्ट क्षमताको प्रसारण लाइन नुवाकोटको रातमाटे जान्छ । रातमाटेबाट एउटा लाइन मकवानपुरको हेटौँडा जान्छ, भने अर्को लाइन दमौली हुँदै बुटवल जान्छ । ती सबै प्रसारण लाइन कूल तीन सय १५ किलोमिटर बराबर रहनेछ ।

    कूल १० जिल्लाका ३० स्थानीय तह र त्यसका ९६ वटा बडा भएर जाने सो प्रसारण लाइनमा मात्रै कूल दुई लाख १२ हजार बराबरको रुख बिरुवा हटाउनुपर्नेछ । नेपालको हकमा एउटा प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना बराबर हुने भएकाले पनि पूर्व तयारीको काममा धेरै समय लागेको उनको भनाइ छ ।

    सन् २०२३ को अगस्टदेखि गणना हुन्छ पाँच वर्ष

    एमसिसीले उपलब्ध गराउने कूल ५० करोड अमेरिकी डलर बराबरको अनुमान पाँच वर्षभित्र तोकिएको काममा खर्चै गर्नुपर्ने समयसीमा छ । सोही समयसीमा सुरु हुनुभन्दा पहिले नै आवश्यक पूर्व तयारीको काम सम्पन्न गर्न लागिएको कार्यकारी निर्देशक विष्टले जानकारी दिए । उनले आयोजना कार्यान्वयनको पाँच वर्षे गणना भने सन् २०२३ को अगस्टदेखि सुरु हुने गरी समयसीमा निर्धारण गरिएको छ । नेपालको प्रसारण प्रणालीको केन्द्रमा रहने गरी निर्माण गर्न लागिएको सो प्रसारण प्रणालीले झण्डै तीन हजार मेगावाट बिजुली प्रवाह गर्न सक्ने छ । पूर्वमा तामाकोसी करिडोरदेखि पश्चिममा कालीगण्डकी करिडोरसम्मको बिजुली प्रवाहका लागि संरचना तयार पार्न लागिएको हो ।

    पाँच वर्षे अवधि सुरु भए पनि त्यसैभित्र सम्पन्न गर्नुपर्ने समयसीमाका कारण पूर्वतयारीमा सिनो गरी ध्यान दिइएको दाबी गर्दै कार्यकारी निर्देशक विष्टले कूल तीन सय १५ किलोमिट प्रसारण लाइनमध्यको ३० किलोमिटर बराबरको क्षेत्रमा भने प्रसारण मार्ग परिवर्तन गर्न माग आएको बताए । आयोजनाले १० जिल्लाका ३० पालिकामा नै सार्वजनिक सुनुवाइ गरेर त्यसको लाभ हानीका बारेमा जानकारी गराएको छ ।

    जुनसुकै देशका ठेकेदार सहभागी हुन पाउँछन्

    एमसिसीको अनुदानमा निर्माण हुने प्रसारण लाइन निर्माण एवं कूल ७७ किलोमिट सडक मर्मतका लागि जुनसुकै देशका निर्माण व्यवसायी सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । प्रतिस्पर्धामा छनोट हुने निर्माण व्यवसायीका लागि कुनै पनि प्रकारको विभेद नहुने कार्यकारी निर्देशक विष्टको भनाइ छ । पूर्ण सरकारी कम्पनीबाहेक जुनसुकै खालका निर्माण व्यवसायीले आफूलाई श्रेष्ठ सावित गरेर काम गर्न सक्ने उनले जानकारी दिए । नेपालमा विशेष गरी प्रसारण लाइन निर्माणमा संलग्न भारतीय चिनियाँ निर्माण व्यवसायीका अतिरिक्त अन्य देशका व्यवसायी तथा नेपाली व्यवसायी समेत यसमा काम गर्न सक्नेछन् । छनोट भएका निर्माण व्यवसायीलाई एमसिसी मुख्यालयबाटै प्रत्यक्ष भुक्तानी हुने भएकाले आर्थिक विषयमा समेत कुनै समस्या नपर्ने विष्टको दाबी छ ।

    आयोजनाको काम सुरु भएपछि कूल सात हजार तीन सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । त्यसमा ११ प्रतिशत दक्ष, २० प्रतिशत अर्धदक्ष एवं ६६ प्रतिशत अदक्ष कामदारले रोजगारी पाउनेछन् । त्यस्तै, कूल दुई सय जनाले पूर्णकालीन रोजगारीको अवसर पाउनेछन् । आयोजनाको कार्यान्वयनपछि राष्ट्रिय प्रसारण लाइनको विश्वसनियतामा वृद्धि हुनेछ । यस्तै, आर्थिक लगानीमा सुधार हुनेछ भने विद्युत् बिक्रीलगायतका कारणले सरकारको आम्दानीमा वृद्धि हुनेछ । स्थानीय रुपमा रोजगारीमा वृद्धि हुनेछ । एमसिए नेपालका प्रमुख वित्त निर्देशक निर्मल खतिवडाले खर्च गर्ने प्रणाली समेत विशिष्ठ प्रकारको हुने भएकाले त्यसमा कुनै पनि आशङ्का नगर्न आाग्रह गरे ।

    पारदर्शीता, विश्वसनियतालाई विशेष ख्याल गरिने र स्वतन्त्र निकायबाट अध्ययनसमेत हुने भएकाले यसमा कुनै पनि आशङ्का गर्र्नै नपर्ने उनको भनाइ छ । त्यस्तै एमसिए नेपालमा खरिदतर्फको काम हेरिरहेका महेन्द्र श्रेष्ठका अनुसार एमसिसीले तयार पारेको मार्गदर्शन अनुसार नै खरिद प्रक्रिया अगाडि बढ्ने भएकाले पनि अनावश्यक आशङ्का गर्ने ठाँउ नै नरहने बताए ।

    पाँच तारे होटलमा कार्यालय किन ?

    एमसिए नेपालले आयोजना गरेको छलफलमा एउटा महत्वपूर्ण जिज्ञासाका रुपमा पाँच तारे होटलमा कार्यालय किन ? भन्ने रह्यो । एमसिए नेपालको कार्यालय काठमाडौंको दरबारमार्गमा रहेको एक पाँच तारे होटलमा राखिएको छ । केही समय पहिले अर्थमन्त्री जनार्दन शर्मालेसमेत महँगो भाडा तिरेर किन पाँच तारे होटलमा कार्यालय राखेको भनेर आफूलाई पनि जिज्ञासा राखेको कार्यकारी निर्देशक विष्टले जानकारी दिए । उनले भने, “विभिन्न स्थानको कोटेशन मागेर सार्वजनिक खरिदको सबै प्रक्रिया पूरा गरेर नै कार्यालय त्यहाँ राखिएको हो । त्यस स्थानभन्दा अन्य उपयुक्त स्थान फेला परेको खण्डमा कार्यालय सार्न हामीलाई कुनै आपत्ति छैन ।” उनले पाँचतारे होटलमा रहेपनि तुलनात्मक रुपमा कार्यालयको भाडा सस्तो नै रहेको बताए । एमसिसी परियोजनामा अमेरिकाको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर बराबर लगानी रहनेछ ।

    संसदीय अनुमोदन प्रक्रियामा ढिलाइ हुँदा आयोजनाको काममा केही ढिलाइ भए पनि अब कुनै पनि अवरोध नहुने भन्दै कार्यकारी निर्देशक विष्टले नेपालको प्रसारण प्रणालीको विकासमा यस परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । यस्तै, दाङको धानखोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक समेत नयाँ प्रविधिका आधारमा मर्मत सम्भार हुनेछ । -रासस

      Chitwan Aaja चितवन आज
      बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      जयवागेश्वरी मन्दिर सर्वसाधारणका गरियो खुला
      नेपालको हवाई सुरक्षा मजबुद : विज्ञहरु
      लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

      ताजा समाचार

      सबै

      जयवागेश्वरी मन्दिर सर्वसाधारणका गरियो खुला

      नेपालको हवाई सुरक्षा मजबुद : विज्ञहरु

      लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

      रत्ननगरका विपन्न परिवारलाई निःशुल्क खानेपानी धारा वितरण

      ‘जे बोल्छौ, त्यो गर्छौ’ भन्ने कुरा स्थापित भएको छ : मेयर रेनु दाहाल

      तीन बालिकालाई बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

      भालुको आक्रमणबाट पर्सामा दुई जना घाइते

      प्रेम दिवसका अवसरमा सौराहमा तीन दिने फुड फेस्टिबल हुँदै, सडकमै नाचगान गर्न पाइने

      तरकारी फ्याँक्ने चितवनका किसानलाई रविको सन्देश : समस्या थाहा छ, समाधान खोज्ने छौं

      ‘एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’

      अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी

      वैकुण्ठनाथ गुरुकुल सञ्चालनार्थ चितवनको लंकुमा हुने महायज्ञको तयारी पूरा , वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले उद्घाटन गर्ने

      सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक

      जरायो चोरी सिकारीमा संलग्न दुई प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दायर

      बली दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार

      तनहुँमा जग्गा बाँझो नराख्नेलाई अनुदान दिइने

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • २.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • ३.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ४.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ५.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ६.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ७.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ८.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • ९.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • १०.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • ११.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      • १२.
        के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

      साताको चर्चित

      • १.
        भरतपुरको लङ्कुमा १५ दिने बृहद् महायज्ञ हुँदै, गुरुकुलमा निशुल्क पढ्ने विद्यार्थीको खर्च जुटाउने उद्देश्य

      • २.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • ३.
        फेरि बढ्यो इन्धनको मूल्य

      • ४.
        वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

      • ५.
        यस्तो छ तपाईको आजको राशिफल

      • ६.
        प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.