चितवन, भदौ २-
महिलाहरुको पर्व हरितालिका तीज भड्किलो रुपमा मनाउनेलाई कारवार्ही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
तीज नजिकिएसँगै जिल्लामा चहलपहल सुरु भएको बेला प्रशासनले खर्चिलो र भड्किलो तीज नमनाउन सबैमा अनुरोध गरेको हो ।
प्रशासनले आज बिहिबार एक सुचना प्रकाशित गर्दै अनावश्यक भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गराएमा कारवार्ही गर्ने समेत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा हस्ताक्षरित सूचनामा चितवनमा सुसंस्कार कायम गर्न राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था, सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरिएको छ ।