काठमाडौं, साउन ३१-
आजपनि सुरक्षाकर्मीको उपस्थितिमा नुवाकोटको बञ्चरेडाँडामा फोहर फाल्न लागिएको छ ।
आज धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का स्थानीयवासीले अवरोध गरेपछि फोहर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् ।
दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मी काठमाण्डौबाट गएर अहिले गाडीलाई लाइन लगाउने काम भइरहेको र केहीबेरमा फोहर झार्न सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ ।
धुनीबेसी नगरपालिका वडा नम्बर १ का स्थानीय युवाले हातमा ढुङ्गा बोकेर बसेकाले फोहरका गाडी अगाडि बढ्न सकेका थिएनन् ।
आज दुई सय ५० वटा गाडी फोहर लोड गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार