चितवन, साउन ३१-
नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रको आय संकलन काउन्टर भोलि एक दिन बन्द हुने भएको छ ।
प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै संकलन काउन्टर बन्द हुने जानकारी दिएको हो ।
‘प्राधिकरणको ३७ औँ वार्षिक उत्सव सिलसिलामा चनौली वितरणको सम्पूर्ण आय काउन्टर वुधबार एक दिनको लागि बन्दा हुने र यस बाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिक।ण चनौली वितरण केन्द्र क्षमाप्रार्थी छ ।’ विज्ञप्तीमा जनाइएको छ ।