चितवन, साउन ३०-
पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा ‘मेघौली सांस्कृतिक महोत्सव–२०७९’ हुने भएको छ ।
मेघौलीस्थित टाइगर युवा क्लब र सङ्हाती युवा क्लबको आयोजनमा २०७९ भदौ ९ गतेदेखि १९ गतेसम्म सांस्कृतिक महोत्सव आयोजना हुन लागेको हो ।
मेघौली हाल भरतपुर महानगरका २७ र २८ गरी दुई वडामा पर्दछ ।
क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति एवं धार्मिक परम्परा भेषभुषाको संरक्षण एवं विकासका लागि महोत्सव आयोजना गर्न लागिएको मेघौली उपभोक्ता समिति मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जका अध्यक्ष मायाराम चौधरीले जानकारी दिए ।
मेघौलीमा चितवन राष्ट्रिय निकुञ्जसँगै जैविक विविधताको दृष्टिकोणले मह¤वपूर्ण मानिएका धेरै तालतलैया, सिमसार क्षेत्र र आदिवासी जनजातिको मुख्य बसोवास क्षेत्र भएकाले त्यसको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको उनले बताए ।
११ दिनसम्म चल्ने महोत्सवमा कलाकारहरु पशुपति शर्मा, ज्योति मगर, कमल खत्री, एलिना चौहान, मार्मिक लामा, रचना रिमाल, महादेव त्रिपाठी, मनोज विक, मिलन लामा, नेत्रजी पन्त, राजु परियार, उमादेवी खनाल र बलराम सरकारका साथै स्थानीयस्तरका कलाकारहरुको प्रस्तुति रहनेछ ।
मेघौली गाविसस्तरबाट महोत्सव गर्ने पहिलो हो । त्यसयता, २०६० सालमा दोस्रो, २०६२ सालमा तेस्रो र २०६६ सालमा चौथोपटक मेघौली महोत्सव सम्पन्न भइसकेका छन् ।








