भरतपुर, २९ साउन –
चौधरी ग्रुपको सिजी ल्याण्डमार्क तेस्रो वर्षमा प्रवेश गरेको छ । भरतपुरमा रहेको सिजी ल्याण्डमार्कले तेस्रो वार्षिकोत्सव मनाएको छ । चौधरी ग्रुपका सञ्चालक राहुल चौधरीले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । चौधरी ग्रुपका सञ्चालक चौधरीले सिजी ल्याण्डमार्कलाई उपभोक्ताको भरपर्दो बजार बनाइने बताउनुभयो ।
उहाँले सर्वसाधरणलाई सहज रुपमा किनमेल तथा मनोरञ्जनका लागि बजार घुमिरहनुपर्ने बाध्यता सिजी मलले हटाएको दाबी गर्नुभयो । उहाँले कोभिड महामारीका बेलामा समेत सिजी मलमा उपभोक्ताको चाप सन्तोषजनक रहेकाले आगामी दिनमा समेत अझ बढी विश्वास जित्ने बताउनुभयो । चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक नारायण श्रेष्ठले चितवन तथा आसपासका जिल्लाका स्थानीयलाई सिजी ल्याण्डमार्क साथी सरह बनेको बताउनुभयो ।
उहाँले शहरभित्रको पनि शहरका रुपमा सिजी ल्याण्डमार्कले पहिचान बनाएको बताउनुभयो । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सिजी ल्याण्डमार्कले भरतपुरको गरिमा बढाएको बताउनुभयो । उहाँले ल्याण्डमार्क स्थापना भएसँगै एकै थलोबाट अनेक सेवा लिने सहज वातावरण बनेको बताउनुभयो । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले सिजी ल्याण्डमार्कलाई विपन्न समुदायले पनि सेवा लिन र दिन मिल्ने ठाउँका रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले सिजी ल्याण्डमार्कले भरतपुरकै पहिचान बदलेको बताउनुभयो । सिजी ल्याण्डमार्कका निर्देशक इञ्चार्ज राजेन्द्र अर्यालले कोभिडका कारण विगत दुई वर्ष वार्षिकोत्सव मनाउन नपाएपनि पहिलो पटक वार्षिकोत्सव मनाइएको बताउनुभयो । ल्याण्डमार्कका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले वार्षिकोत्सवका अवसर पारेर मनसुन फेष्टिभ अन्र्तगत ५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । वार्षिकोत्सवको अवसर पारेर साउन २७ देखि ३ दिन मनोरञ्जनात्मक कार्यक्रमहरु भएका थिए ।
सिजी ल्याण्डमार्कमा दैनिक सरदर २ हजार जनाले सेवा लिदै आएका छन् । सिजी ल्याण्डमार्क १० तले अत्याधुनिक सुविधासम्पन्न विश्वस्तरको व्यापारिक कम्प्लेक्स हो । अन्र्तराष्ट्रिय तथा स्वदेशी उच्चस्तरका ब्राण्डका सामानहरु किनमेल गर्न सकिनेछ । सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहल, गेम जोन लगायतका सुविधाहरु रहेका छन् ।