Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, माघ १३, २०७९
☰
शुक्रबार, माघ १३, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    एक वर्षपछि बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक

    ५ चैत स्ववियु निर्वाचन, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

    आगामी चैत ५ गते स्ववियु निर्वाचन

    बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक बर्षपछि पुन: परीक्षा लिन खोजेपछि…

    लोकप्रिय समाचार

    • १. भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    • २. गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

    • ३. मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

    • ४. श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

    • ५. क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

    • ६. अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

    • ७. उपसभामुखमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

    • ८. चिलीमा चार नयाँ प्रजातिका डाइनोसर भेटियो

    • ९. जनकौली एफसी कमरेड निमा स्मृति फुटबलको क्वाटरफाइनलमा पुग्यो

    • १०. ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको हो ?

    नारायणगढ–मुग्लिन सडक : शाखा सडकबाट आएको पहिरोले पटक-पटक अवरुद्ध

    काठमाडौं, साउन २९-
    नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ ।

    मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश सरकारले शाखा सडक खन्ने गरेका छन् ।

    स्थानीयस्तरमा प्रयोगका लागि बनाइएका ती सडक खन्दा आएको पहिराले मुख्य सडक अवरुद्ध हुने गरेको हो । राष्ट्रिय राजमार्ग जोडेर शाखा सडक बनाउँदा कुनै समन्वय नहुने सडक विभागले जनाएको छ ।

    मुख्य सडकभन्दा झण्डै दुई सय ५० मिटर माथिबाट पहिरो खस्दा मौरी खोला पुलमा पुरिएर पटकपटक सडक अवरुद्ध भइरहेको छ । यो वर्षाका कारणले नारायणगढ–मुग्लिन सडकमा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ ।

    अहिले मौरी खोला पुल र अरु दुई–तीन स्थानका सडकमा बाढी र पहिराका कारण पटकपटक सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ ।

    नारायणगढ–मुग्लिन सडकमा मौरी खोला पुल र अरु दुई–तीन ठाउँमा मात्रै यस वर्ष सडक अवरुद्ध हुने समस्या भइरहेको छ ।

    मौरी खोलामा झण्डै तीन–चार सय मिटर माथिबाट पहिरोले ढुङ्गा, गेग्रान ल्याउँदा पुल पुरिएको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । पहिराले पुल पुरिँदा सडक पटकपटक अवरुद्ध भइरहेको र विभागले खुलाइरहेको उनले बताए ।

    मौरी खोला पुलभन्दा माथिल्लो भागमा एउटा कच्ची सडक निर्माण हुँदा त्यसका कारण यस वर्ष पुलमा बढी असर पुगेको उनले बताए ।

    सो शाखा सडक आठ÷दश वर्ष पहिले निर्माण सुरु भएको थियो । त्यो सडकका कारण अझै बढी गेग्रान आइरहेको उनको भनाइ छ ।

    विसं २०६० मा पनि सो स्थानमा पहिरो आएकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा ड्याम निर्माण गरिएको थियो ।

    त्यसमा गत वर्ष क्षति भएपछि विभागले मर्मत गरे पनि यस वर्ष पहिराले पूर्णरुपमा पुरेको छ ।

    माटो हटाएर पुल सफा गरिरहेको महानिर्देशक थापाले बताए । पहिरो खुलाउन सो स्थानमा पहिले तीन उपकरण राखिएकामा अहिले एक थप गरिएकोे उनले बताए ।

    गत वर्ष वर्षाको समयमा धेरै ठाउँमा सडक अवरुद्ध हुने गरेको थियो । अहिले बाढी र पहिराका कारण हुने क्षतिको न्यूनीकरणका लागि विभिन्न संरचना बनाइएको सडक विभागले जनाएको छ ।

    गत वर्षमा भित्ता काटेर पहिरो नियन्त्रणका लागि बनाइएको संरचना, नदीले कटान नगरोस् भनी निर्माण भएका पाइल र ठाउँठाउँमा वृक्षरोपण गर्दा पहिराको जोखिम केही कम भएको विभागका महानिर्देशक थापाले बताए ।

    सडकको भित्ता काटेपछि ठाउँठाउँमा विभिन्न प्रविधि प्रयोग गरेर बलियो बनाइएको उनले बताए । भित्ताभरि प्वाल पारेर छ–आठ मिटर लम्बाइको रड छिराएर त्यसमाथि जाली लगाइ त्यसलाई स्थिर बनाइएको हो । ती संरचना निर्माण गरिएको स्थानमा अहिले पहिरो नगएको उनले बताए ।

    सडकमा खाल्डा हुँदा माटो, ग्राभेलले पुर्ने र पकाएर राखेको अलकत्राले टाल्ने गरिएको छ । तीन÷चार महिना पहिलेदेखि अलकत्रा पकाएर बोरामा राखिने गरिएको महानिर्देशक थापाले बताए ।

    स्थानीयस्तरमा जतासुकै शाखा सडक खोल्दा पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने अवस्था आइरहेको महानिर्देशक थापाले बताए ।

    अहिले पहिरो पन्छाउनभन्दा पनि जाम खुल्न बढी समय लाग्ने गरेको छ । सडकको अवरोध पन्छाएर खुलेपछि गाडी आठ÷नौ घण्टा रोकिनुपर्ने अवस्था रहेको महानिर्देशक थापाले बताए ।

    तीन÷चार घण्टामा सडक खुले पनि अगाडि जाने गाडीको तछाडमछाडले गर्दा त्यो क्षेत्रमा जाम हट्न आठ÷नौ घण्टा लाग्ने गरेको उनले बताए ।

    विगतका वर्षमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकमा हाल पुल निर्माणको काम भइरहेको छ ।

    विगतमा कम चौडाइका पुल रहेकामा तिनलाई सडक जतिकै चौडाइ कायम गर्न पुरानो पुल भएको ठाउँसँगै नयाँ पुल निर्माण भइरहेको छ । सरकारले मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक विस्तारसमेत अघि बढाइरहेको छ ।

      Chitwan Aaja चितवन आज
      आइतबार, साउन २९, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : शशांक कोइराला
      राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत
      गृहमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

      ताजा समाचार

      सबै

      राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : शशांक कोइराला

      राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने प्रधानमन्त्री प्रचण्डको संकेत

      गृहमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

      आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

      हेर्नुहोस तपाईको आजको राशिफल

      महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु

      नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

      बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

      नारायणी किनारमा विश्वशान्तिका लागि कोटीहोम महायज्ञ शुरु, मन्त्री पाण्डेले गरे उद्घाटन

      आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

      एक नेपालीको भागमा ६८ हजार ७५५ रुपैयाँ ऋण

      ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ को स्वास्थ्य सचिव पोखरेलले गरे उद्घाटन, उपचार गर्न अब बाहिर जान नपर्ने

      राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

      काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

      सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं : क्यान

      होटेल, रेस्टुरेन्टले अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • २.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ३.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ४.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ५.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ६.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ७.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • ८.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ९.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १०.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      • ११.
        के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

      • १२.
        चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      साताको चर्चित

      • १.
        भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

      • २.
        गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

      • ३.
        मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

      • ४.
        श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

      • ५.
        क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

      • ६.
        अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.