चितवन,साउन २६-
चितवन जिल्ला अदालतले चितवन नारायणगढको एक होटल संचालिकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जेठ ३१ गते वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएकी कल्पना होटल एण्ड गेष्ट हाउसकी संचालिका ४० बर्षकी कल्पना महरालाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । होटल भरतपुर महानगरपालिका १ मा रहेको छ ।
महराले आफ्नो होटलमा विभिन्न मानिसहरुसंग लेनदेन गरी २२ बर्षिय युवतीलाई जवरजस्ती यौन क्रियाकलापमा लगाएको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् ।
मानव वेचविखन मुद्धामा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








