चितवन, साउन २६ –
बाढीले बगाउँदा चितवन राष्ट्रिय निकुञ्जको गैंडाको मृत्यु भएको छ । २५ वर्षको भाले गैंडा भारतको वाल्मीकि क्षेत्रमा मृत भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज कसराका सुचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार खागसहित मृत अवस्थामा गण्डक ब्यारेजमा उक्त गैंडा भेटिएको हो ।
भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडेको छ ।
मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् ।