काठमाडौं, साउन २५-
पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ६७५ जनाको नमुना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा चार सय १४ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा ५८८५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।