चितवन, साउन २४-
सनराइज इङ्ग्लिस स्कुलमा माइ क्रियशन सेल्फ कार्यक्रम सम्पन्न भएको छ ।
कक्षागत रूपमा निरन्तर आयोजना हुने विभिन्न कार्यक्रम मध्ये कक्षा ४ मा अध्ययनरत विद्यर्थीहरुले कार्यक्रम गरेका हुन् ।
कक्षा ४ मा अध्ययनरत विद्यार्थीका अभिभावकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत, नाटक, नृत्य, चित्रकला प्रर्दशनी तथा विभिन्न अभिनयका माध्यमद्वारा अभिभावकको महत्व र त्यसले विद्यार्थी जिवनमा पार्ने प्रभावको बारेमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले, सहायक प्रिन्सिपल, भुमिराज तिवारी, तह–प्रमुख सुभास ढकाल लगायत प्राइमरी तहमा अध्यापन गर्ने शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम ‘Parents Source of Creation and Inspiration’ भन्ने Theme मा रहेको थियो । सो कार्यक्रम तयारी, ब्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूलाई नै दिइएको थियो ।
सनराइज इङ्ग्लिस स्कुल विद्यार्थीहरूका लागि कक्षा कोठामा सिमित रहेर अध्ययन गर्ने थलोमात्र नभई विद्यार्थीहरूले कक्षागत सिकाईका अलावा बाह्य प्रतिभाको ज्ञान पनि उत्तिकै हासिल गर्ने थलोका रूपमा रहेको छ ।






