काठमाडौं, साउन २४-
सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्नेका छन् र
बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध जनाएका हुन् ।
हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न बसेका हुन् ।
काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।
असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।
बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकोले आन्दोलन गर्नुपरेको युनियनले जनाएको छ ।