चितवन, साउन २३-
पूर्वी चितवनको राप्तीमा ट्रकले साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री गम्भिर घाईते भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राप्ती ३, झुरझुरेमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख २४२३ नम्बरको मालबाहक डिब्बा वाला ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा साइकल यात्री राप्ती नगरपालिका वडा नम्बर १२ यौरालिटार बस्ने बर्ष २६ का दिपक थिङ गभ्भिर घाइते भएका हुन् । घाइते थिङको नया मेडिकल कलेज (सिएमसि) भरतपुरमा उपचार भईरहेको छ। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।