चितवन, साउन २३-
ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन शाखा कार्यालयमा सोमबार अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ ।
कमलनगर स्थित शाखा कार्यालयमा सम्पन्न तालिममा १६ जना नयाँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा कम्पनीका एरिया सेल्स म्यानेजर ईश्वर बिकल सापकोटाले सहभागिहरुलाई नेपालमा जिवन बीमाको ईतिहास र बिकासक्रमका साथै ज्योति लाईफका बिशेषताहरुबारे प्रकाश पारेका थिए ।
शखा प्रबन्धक मुकुन्द भुसालले सहजिकरण गरेको तालिममा सन्जय पुडासैनीले स्वागत गरेका थिए ।
कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर प्रेम ढकाल र छोटो समयमा उत्कृष्ट ब्यबसाय गर्ने एजेन्सी म्यानेजर दिपक राज न्यौपानेलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार