काठमाडौं, साउन २३-
बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबवृद्धि हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए ।
मन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
भेटमा निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे र मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी सहभागि भएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार