काठमाडौं, साउन २३-
सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।
अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराई अनुसार पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन भएको हो ।
मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित बनेको छ ।








