चितवन, असार २० –
भरतपुरको स्कूल अफ हेल्थ साइन्समा भएको आगलागीप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले ध्यानाकर्षण भएको जनाएको छ ।
स्कूलको स्टोरमा हिजो दिउँसो आगलागी भएको थियो । विद्युत सर्ट भएर भएको आगलागीमा करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
अनेरास्ववियू क्रान्तिकारी स्कूल अफ हेल्थ साइन्स मुल इकाई समितिका उपाध्यक्ष टेकबहादुर बुढाथोकी र सह–सचिव किशोर थापाले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुखः व्यक्त गरेका छन् ।
आगामी दिनहरुमा यस्ता घटना दोहोरिन नदिनका लागि स्कूलको विद्युत सर्किटलाई इलेक्ट्रिशियन बोलाएर परीक्षण गराउन विज्ञप्तिमा माग गरिएको छ । साथै आगलागीको सत्यतथ्य छानबिन गर्न र क्षतिको विवरण सार्वजनिक गर्न पनि अनेरास्ववियू क्रान्तिकारीले माग गरेको छ ।
मागअनुरुप तत्काल काम नभए संगठन आन्दोलनमा जान बाध्य हुने भन्दै अनेरास्ववियू क्रान्तिकारीले स्कुल प्रशासनलाई चेतावनी समेत दिएको छ ।