चितवन, साउन २०-
हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाँस काट्न गएकी भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया वि.कको मृत्यु भएको हो ।
मध्यन्न १२ बजेतिर वि.कसहित १० जनाको समुह दक्षिणकाली सामुदायिक वन टोली घाँस काट्न गएको थियो । सोही समयमा हात्तीले आक्रमण गरेको हो ।
वि.कको शव भरतपुर सरकारी अस्पतालमा ल्याइएको छ ।








