– विनिता रेग्मी
चितवन, ०७८ फागुन ९ –
चितवनमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका ४६३ जनामा गरिएको पिसिआर परीक्षण र ३३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको हो । यसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३४१ पुगेको छ ।
हालसम्म चितवनमा ३३ हजार ५१३ जना संक्रमित भइसकेका छन् भने ३२ हजार ७२४ निको भएर घर फर्किएका छन् । ४४८ जना संक्रमितको ज्यान गएको छ ।