चितवन, साउन १९-
चितवनमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ जनामा पीसीआर परीक्षण गर्दा १३ जनामा सङक्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितहरुमा भरतपुर महानगरपालिकाका ६२ जना, खैरहनी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका तिन जना, राप्ती नगरपालिकाका एक जना आइसोलेसनमा रहेका छन् ।
चितवनमा सक्रिय सङक्रमितको संख्या ६७ पुगेको छ ।