Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

लुम्बिनी यातायातमा चरम बेथिति : सेटिङमा हुन्छ लाइसेन्स खरीद बिक्री

बुटवल, १७ साउन –
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ । अहिले आफ्नै गाडी वा बाइकले ट्रायल दिन पाइँदैन । तर, ट्रायल परीक्षामा एकातिर कडाइ गरिए पनि यातायात व्यवस्था कार्यालय लुम्बिनीले भने लाइसेन्स वितरण सेटिङमा गर्ने गरेको पाइएको छ ।

लाइसेन्सका लागि लिइने ट्रायल अहिले अन्य व्यक्तिले देख्नसमेत पाउँदैनन् । वरिपरि टिनले घेराबन्दी गरेर ट्रायल लिने गरिए पनि यातायातका प्रमुखदेखि लिएर विभिन्न व्यक्तिसँगको सेटिङमा ट्रायल फेल भएकालाई पनि पैसामा लाइसेन्स उपलब्ध गराउने गरिएको लाइसेन्स फाँटका एक कर्मचारीले बताए । ‘हामी निरीह छौं, यसबारेमा केही भन्न सकिरहेका छैनौं । पहिले पहिले ट्रायलमा को पास भयो, को फेल भयो, सबैले देख्थे, तर अहिले बाहिरबाट देख्न नसकिने गरी ट्रायल लिइने गरिएको छ, फेल भएकालाई पनि पैसा लिएर लाइसेन्स दिने गरिएको छ,’ ती कर्मचारीले भने ।

यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख तेजनारायण यादवले लाइसेन्समा सेटिङ मिलाउन ज्यालादारीमा लक्ष्मण पाण्डेलाई राखेको र उनले नै सबैतिरको सेटिङ मिलाउने ती कर्मचारीको आराेप छ ।

केही महिनाअघि लाइसेन्स वितरणमा हुने गरेको आर्थिक चलखेल रोक्न खोज्दा सम्बन्धित मन्त्रालयका सचिवलाई यातायात कार्यालयका प्रमुखले सरुवा गराइदिएका थिए । प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कुमारप्रसाद दाहालले यातायातका प्रमुख तेजनारायण यादवले गर्दै आएको अनियमितता रोक्न खोज्दा दाहाल नै सरुवा हुन पुगेका थिए ।

गत कात्तिक २८ गते पत्रकार सम्मेलन गर्दै दाहालले भनेका थिए, ‘यातायात व्यवस्था कार्यालय लाइसेन्सका सन्दर्भमा धेरै उजुरी आएका छन्, ती उजुरीबारे छानबिन भइरहेको छ ।’ उनले सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही भएको गुनासो र समाचार आएपछि यातायात व्यवस्था कार्यालय लाइसेन्स कार्यालयसँग लिखित जवाफ माग्दै पत्र समेत पठाएका थिए ।

तर, पत्रको जवाफ दिनुको साटो यातायात कार्यालय लुम्बिनीले उल्टै सचिव दाहालको सरूवा गराउन सफल भयो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयदेखि करिब तीन किलोमिटरको दूरीमा यातायात व्यवस्था कार्यालय लुम्बिनी छ । तेजनारायण यादव त्यहाँको कार्यालय प्रमुख छन् ।

यादवले मन्त्रालय र सत्तारूढ दलका नेताको घर–घरमा पुगेर सचिव दाहाललाई मन्त्रालयबाट काज फिर्ता पठाउन दबाब दिएको मन्त्रालय स्रोतको दाबी छ । ‘लाइसेन्स वितरणमा व्यापक अनियमितता भए पनि त्यसलाई रोक्ने कसको हिम्मत, अनियमितता रोक्न खोज्दा दाहाल सर आफैं मन्त्रिपरिषद् कार्यालय फिर्ता जानु पर्‍यो,’ यातायात कार्यालय स्रोतले भन्यो ।

दाहालले भने आफूले सुधार गर्न थाल्दा उल्टै सरुवा गराइएको दाबी गरे । ‘मलाई त केही दुःख छैन, यो विषय बाहिर ल्याएँ । यस्तो प्रवृत्ति परिवर्तन नभएसँग देशमा सुधार कहिल्यै हुँदैन,’ उनले भने । दाहाल अहिले भने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान काठमाडौंमा सरुवा भएका छन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख यादव निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन् । यातायात व्यवस्था कार्यालय बागमतीमा रहँदा गरेको अनियमितता छानबिनमा परेपछि दुई वर्षअघि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै उनी निलम्बनमा परेका थिए ।

शक्ति केन्द्रहरू खेलाउन सक्ने यादव अख्तियारलाई समेत आर्थिक प्रभावमा पारेर मुद्दा कमजोर बनाउन सफल भएको उनकै समकक्षीहरू बताउँछन् । ‘अख्तियार, नेता सबैलाई कसरी हात लिनुपर्छ सबै मलाई थाहा छ भन्नुहुन्छ, उहाँको सम्बन्ध त मन्त्रालयभन्दा सिधै मुख्यमन्त्री कार्यालय र संघीय मन्त्रीसँग रहेको छ,’ कार्यालयका एक कर्मचारीले भने ।

यादवले बिना उपस्थिति एक लाख ५० हजार रुपैयाँ लिएर हेभी इक्विपमेन्टका सवारी चालक अनुमति पत्र वितरण गरेको प्रमाणसहित मन्त्रालयमा उजुरी परे पनि त्यसलाई समेत गायब पारिएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

‘पछिल्लो पटक हेभी इक्विपमेन्टको लाइसेन्सका लागि २१३ जनाले ट्रायल परीक्षा दिएकोमा अभिलेखमा २३७ जना उत्तीर्ण भएको देखाइनुले पनि लाइसेन्स वितरणमा आर्थिक चलखेल भएको पुष्टि हुन्छ.’ स्रोतको दाबी छ ।

सबैको मिलोमतोको गन्ध पाएपछि मन्त्रालयले हेभी इक्विपमेन्टका सवारी चालक अनुमतिपत्रको परीक्षाको सन्दर्भमा अनुसन्धान गरिदिन आग्रह गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको थियो ।

मन्त्रालयले चलानी नं. १४४ मा गत मंसिर ८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवललाई पत्र पठाएको थियो । यादवले ट्रायल सेन्टरमा रहेको सीसीटीभी क्यामेरा फुटेजसमेत नियमित रूपमा हटाउन लगाउने गरेको कर्मचारी बताउँछन् ।

पहिले बुटवलको चाँदवारीमा रहेको यातायात कार्यालय एक डेढ महिनायता बुटवल बेलबासस्थित आफ्नै भवनमा सरेको छ । ‘बाहिरी व्यक्ति नजाउन् भनेर “यातायात कार्यालयको क्यान्टिनसमेत शौचालय अगाडि बनाइएको छ, त्यो लाइसेन्सको चलखेलका लागि नै हो,’ लाइसेन्स फाँटका एक कर्मचारीले भने ।

यादवलाई लाइसेन्सको चलखेलका लागि कार्यालयमा ज्यालादारीमा राखिएका लक्ष्मण पाण्डेले सघाउने गरेका छन् । ट्रायल परीक्षाको नतिजासमेत पाण्डेले दिएको लिस्टकै आधारमा तयार हुने ती कर्मचारीले बताए ।

कम्प्युटर अपरेटरमा ज्यालादारीमा नियुक्ति भएका पाण्डेले कम्प्युटरमा काम नगरी दिनभरि नै कार्यालय परिसरमा डुलिरहने दलालसँगको भेटघाटमै बिताउने गर्छन् । दलाल र सेवाग्राहीसँग पैसा उठाउनकै लागि ज्यालादारीमा नियुक्ति गरिएका पाण्डेको कार्यालयमा हालीमुहाली चल्ने भएपछि अन्य अधिकृतहरू किनारा लागेका छन् ।

यादवले सवारी चालक अनुमतिपत्रको जिम्मा सेवा करारका दैनिक ज्यालादारी कर्मचारीहरूको हातमा सुम्पिएको अधिकृतहरू बताउँछन् । यादवले १० वर्षदेखि कार्यरत सेवा करारका ५ जना कर्मचारीलाई काम गर्न नसकेको भनी हटाएर १० जना कर्मचारी नियुक्त गरेका छन् ।

तीमध्ये मुख्यमन्त्री कुलप्रसाद केसीका दुई जना, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगाका तीन जना, कांग्रेस रूपन्देहीका अध्यक्ष रामकृष्ण खाँणका दुई जना र एक जना एमालेका स्थानीय नेताको सिफारिसमा नियुक्त गरिएको यादवले समेत स्वीकार गरेका छन् ।

यादवले सार्वजनिक खरिद ऐनले दिएको अधिकार प्रयोग गरेर नयाँ कर्मचारी नियुक्ति गरिएको दाबी गरे । ट्रायल दिने स्थानलाई अझै घेराबन्दी गरिने र गोप्य राखिने उनले बताए । ‘ट्रायलमा आफ्नो सवारीसाधन प्रयोग गर्न पाइँदैन, ट्रायलस्थललाई अझै घेराबन्दी बनाएर गोप्य राख्छु,’ उनले भने ।

श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दीपकराज नेपालले गुनासो नआउने गरी काम गर्न निर्देशन दिइसकेको बताए । ‘सरकारी ट्रायल सेन्टरमा ट्रायल सिक्नेहरुसँग पनि पैसा लिएको पाइएको थियो, त्यसलाई हामीले रोकेका छौं, कुनै गुनासो आए संबोधन हुन्छ,’ उनले भने ।

केही दिनअघि मात्रै एमालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग लुम्बिनीको बैठकले लाइसेन्स वितरणमा व्यापक अनियमितता हुने गरेको पाइएको भन्दै यसलाई रोक्न अनुगमन गर्ने निर्णय गरेको थियो । ‘यातायात क्षेत्रमा भइरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने योजना बनाएका छौं, अहिले यातायातमा बिचौलियाको बिगबिगी रहेको पाइएको छ,’ विभागका प्रमुख कुमार थापाले भने, ‘प्रदेश सरकारले सकेन भने अब हामीले अनुगमन गरेर अनियमितता रोक्छौं ।’

कार्यालय लुम्बिनी बागमतीपछि सबैभन्दा बढी सेवाग्राही आउने कार्यालय हो । यहाँ लुम्बिनीका १२ जिल्ला मात्र होइन, छिमेकी प्रदेश गण्डकीबाट पनि सेवाग्राहीहरू आउने गर्छन् । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन
नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

ताजा समाचार

सबै

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.