चितवन, साउन १६–
चितवनको नारायणगढबाट धादिङ जाँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ ।
बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको हो ।
बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बस सोमबार दिउँसो ४ बजेपछि धादिङतर्फ लागेको थियो ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार