काठमाडौं, साउन १६-
काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा आज बिहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो ।
दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा र दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीले जनाएको छ ।
गोरखा घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर फर्किएका थिए । श्रीमान र श्रीमतीबीचको पारिवारिक झगडा पटकपटक प्रहरीको वालाजु बृत्तमा समेत पुगेको पाइएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








