चितवन, साउन १५-
भरतपुर ६ लेनको सडक विस्तारका क्रममा मिलनचोकमा रहेको ३३ केभीको पोल सार्ने काम मौसमका कारण स्थगित भएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आइतबार एक सूचना जारी गरी काम स्थगित गरिएको जनाएको हो ।
आज बिहानदेखि पानी परेका कारण पोल सार्ने कार्य स्थगित भएको नेविप्रा भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो ।
केन्द्रले हिजो सूचना जारी गरी आज बिहान ७ बजेदेखि बिहान १० बजेसम्म चनौली तथा पर्सा ३३ केभी अन्तर्गतका लाइन सटडाउन हुने भएकाले ३३-११ केभी चनौली, पर्सा र माडी सव–स्टेशनबाट वितरित सम्पूर्ण लाइन अवरुद्ध हुने जनाएपनि काम स्थित हुँदा विद्युत अवरुद्ध नभएको बताएको छ ।








