खोटाङ, १५ साउन-
खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो ।
साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेडाईले जानकारी दिनुभयो ।
भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









