चितवन, साउन १५
खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । भूकम्पको धक्का चितवनमा पनि महसुश गरिएको छ ।