प्युठान, साउन १४-
प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा आज दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको हो भने १४ जना घाइते भएका हुन् ।
स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।