चितवन, साउन १३-
भोलि (शनिबार) चितवनका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।
पुलचोक–गोन्द्राङ्ग सडक खण्ड विस्तारका क्रममा ट्रान्सफर्मर सार्नुपरेको कारण नारायणगढ बाह्रघरे क्षेत्रमा विद्युत् अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए ।
भोलि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्युत् प्रशारण लाइन अवरुद्ध हुनेछ ।