चितवन, साउन १३-
भरतपुर आँखा अस्पतालले बिमा सेवा आजबाट पुन संचालन गरेको छ ।
सेवाग्राहीहरुको चर्को दबाब भएपछि सेवा पुन सुरु गरिएको अस्पतालले जनाएको हो ।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आजबाट बिमा सेवा आंशिक संचालनमा ल्याइएको हो भने आइतबारबाट पूर्ण रुपमा संचालनमा ल्याउने ल्याइने अस्पतालको तयारी छ ।