चितवन, साउन १२-
चितवनका संस्थागत विद्यालयहरुमा सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको वाल्मीकि शिक्षा सदन यसबर्ष पनि उत्कृष्ठता कायम राख्न सफल भएको छ ।
यसबर्ष पनि एसईईमा ४ जिपिए सहित स्कुलले उत्कृष्ट नतिजा ल्याएको हो ।
चितवनको भरतपुरस्थित वाल्मीकि शिक्षा सदनका सनिस सापकोटाले यसबर्ष एसईई परीक्षामा ४ जिपिए ल्याएका छन् ।
सनिस स्कूलका मेहनती र अब्बल विद्यार्थी रहेको बताउँदै संस्थागत विद्यालय तर्फ सनिस नेपाल प्रथम भएको प्रिन्सिपल प्रदिप पौडेलले दाबी गर्नुभयो ।
उहाँका अनुसार बाल्मिकी स्कूलबाट एसईई दिएका २०३ जना विद्यार्थी मध्ये ३६ जनाले ‘ए’ प्लस, ६१ जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ३९ जनाले ‘बी’, ११ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् ।
वाल्मीकि शिक्षा सदन २०७५, २०७६, २०७७ र २०७८ गरी चार बर्ष लगातार एसईईमा ४ जिपिए ल्याउने एकमात्र संस्थागत विद्यालय भएको बनेको छ ।