सिरहा, ११ साउन –
सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ । गोलबाजार नगरपालिका १३ वस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।
घरमा कोही नभएको मौका छोपी महतोले जबरजस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता भएको हो ।
उक्त घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
आरोपित महतो फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए । न्युज कारखाना
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













