चितवन, साउन १०-
चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ ।
जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।
माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा आर्थिक वर्ष २०७६र७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७र७८ मा ६० तथा आव २०७८ र ७९ मा ६३ पुगेका जानकारी दिनुभयो । त्यस्तै बाल यौन दुरुपयोगका घटनामा समेत उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।
प्रहरी उपरीक्षक अधिकारीले आव २०७६ र ७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७ र ७८ मा १० तथा आव २०७८ र ७९ मा १७ घटना दर्ता भएका जानकारी दिनुभयो । बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकसमेत पीडक हुने गरी उजुरी आउन थालेका प्रहरीको भनाइ छ । त्यस्तै जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रहरीका जिल्लामा आव २०७६र७७ मा छ वटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आव २०७७ र ७८ मा चार तथा आव २०७८-७९ मा तीनवटा घटना मानव बेचबिखनसम्बन्धी दर्ता भएका थिए । जिल्लामा बाला अवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै प्रहरी उपरीक्षक अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुर्व्यसन घटाउने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार पारेको छ । ती पाठ्यक्रमलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै उनले स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जिल्लामा बाल यौन शोषण र महिला बालबालिका बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । सस्थाले महिला तथा बालबालिका, यौन हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको उहाँको भनाइ छ ।
अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गरी अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको सस्थाले जनाएको छ ।
सस्थाले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक बालकलाई हेटौंडाको मामाघर तथा तीन बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको कार्यक्रममा जानकारी दिइएको थियो ।
हिंसा पीडित छ महिलालाई ब्यूटीसियन तालिममा सहभागी गराएको बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसा रोकथाममा पनि संस्था सक्रिय रहेको छ ।
सस्थाले बालिकाको संरक्षण तथा उनीहरूमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ ।