चितवन, साउन १०-
चितवनमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टाको स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्टअनुसार जिल्लाभर ४० जनाको पीसी र तीन जनाको एन्टीजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका संक्रमितसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३३ हजार ६१९ पुगेको छ।
यस्तै, सबैभन्दा बढी भरतपुर महानागरपालिकाका ३७ जना, कालिकाका दुइ र रत्ननगरका एक जना गरी जिल्लाभर ४१ जना सक्रिय संक्रमित रहेका छन्।