चितवन, साउन ९ –
सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट दिने घोषणा गरेको छ ।
कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल ‘वाइवी’ले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुरा घोषणा गरे ।
दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा बाहिर घर भएर चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने उनले बताए ।
यस्तै कलेजले विदेश अध्ययन गर्न जान चाहाने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने प्रिन्सिपल पौडेलले जानकारी दिए । जेहेनदार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विभिन्न युनिभर्सिटी र कलेजमा स्कलरसिपमा अध्ययनका लागि पठाइने उनको भनाइ छ ।
१२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आएको छ । उच्च शिक्षाका लागि जापान जान चाहेका विद्यार्थीलाई शैक्षिक परामर्श र भिजा प्रोसिङ गर्दै आएको कलेजले हाल अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, युरोप, दक्षिण कोरिया लगायतका देशमा समेत विद्यार्थीलाई जान सहजीकरण गर्दै आएको छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।
विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहेका विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको उनले बताए । स्वदेशकै कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत कलेजले सहजीकरण गरेको उनले बताए । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रामा सामाजिक कामहरु गर्दै आएको छ ।
शहिदचोकको प्रेस मार्गमा मुख्य कार्यालय रहेको कलेजको सौराहा चोक, पर्सा, कावासोती नवलपुरमा सम्पर्क कार्यालयहरु छन् । देशभर १० वटा शाखाहरु छन् ।