Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

भरतपुरमा रुष्मा-कृष्ण मृत्यु प्रकरण : श्रीमतीको अरुसँग सम्बन्ध रहेको आरोप श्रीमानले लगाइ रहन्थे (भिडियोसहित)

– प्रतिमा सिलवाल
चितवन, साउन ९ –
चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो।

मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना ४३ वर्षीय श्रीमान कृष्णप्रसाद आचार्यले विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट तथा गाली बेइज्जती गरेकोले घर बस्न नसक्ने बताउनुभयो।

रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने समेत जनाउनुभएको थियो। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा प्रहरीले रुष्माको माइती पक्ष तथा कृष्णको परिवारसहित राखेर छलफल गरायो। उनीहरूले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग अलग फ्ल्याटमा बस्ने गरि सहमति गराइदिए। बाँकी छलफल असार १७ गते गर्नेगरी दुवैजना घर फर्किए।

३ गते कागजमा सहीछाप गरेर फर्किएपछि पनि श्रीमानको कुटपिट नरोकिएको भन्दै १७ गते अगाडि नै रुष्मा फेरि प्रहरीमा पुग्नुभयो। छलफल गरेर पुन: फर्किएका यी दुवै १७ गते प्रहरीमा उपस्थित भए। तर, रुष्माको बुबाको समय नमिलेको कारण असारकै ३१ गते आउनु भनेर प्रहरीले फर्काइदियो।

असारको ३१ गते पुन: जिल्ला प्रहरी कार्यालय चितवनमा रुष्माका परिवार र कृष्णका परिवार जम्मा भए। त्यो दिन आउँदा दुबै जना एकअर्कासँग सँगसँगै बस्न नसक्नेमा सहमत थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख पूजा कार्की दुबै जना सँगै बस्न भन्दा सम्बन्ध बिच्छेद नै गरेर बस्नेमा सहमत भएको बताउनुहुन्छ।

असार ३१ गतेको छलफलमा पनि प्रहरीले एउटा कागज गरायो। जसमा रुष्मा र कृष्णले हस्ताक्षर गरेको उक्त कागजमा विदेशबाट फर्किएपछि कृष्णले गरेको कुटपिट र बेइज्जतीका कारण सँगै बस्नै नसकिने रुष्माले बताएको र कृष्ण पनि सोही कुरामा सहमत भएको उल्लेख गरिएको छ। प्रहरीमा मिल्न नसक्ने भनेपछि दुवैजना आफूसँग भएको जेथा भाग लगाएर सम्बन्ध बिच्छेद गर्न सहमत भएका थिए।

कृष्ण १५ वर्षभन्दा लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। रुष्मा तोरीखेतमा रहेको एक प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो। एक स्थानीय भन्छन्, उनीहरूबीचमा नराम्रो हामीले कहिल्यै थाहा पाएनौँ। तर, वैदेशिक रोजगारीको कारणले लामो समय छुट्टाछुट्टै रहँदा एकअर्काबीचमा फाटो आएको हुनसक्छ।

हुन पनि जेठको १९ गतेमात्रै कृष्ण नेपाल फर्किनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा कृष्णको श्रवणशक्ति कमजोर भएको थियो। केही कुरा ध्यान दिएर मात्रै सुन्न सक्ने वा कानमा मेसिन लगाएर मात्रै प्रष्ट सुन्न सक्ने हुनुभएको थियो कृष्ण।

प्रहरीको महिला सेल प्रमुख कार्की भन्नुहुन्छ, “आफू कमजोर भएकोले पनि कृष्णले श्रीमती रुष्मामाथि शंका गरेको हो कि भन्ने अनुमान लगाएका थियौँ। उहाँ मेसिनको सहाराले मात्र सुन्न सक्नुहुन्थ्यो। ”

प्रहरीसँग अदालतमा जाने बेहोराको सहमति पनि सोही अनुसार प्रहरीले उनीहरूलाई कागज पनि गराएको थियो। प्रहरी पनि आचार्य दम्पती सम्बन्ध बिच्छेदको प्रकृयामा गयो भन्ने ठानेर बसेका थिए।

गएराती साढे १० बजे एक्कासि कृष्णले रुष्माको हत्या गरेको खबरले प्रहरीलाई पनि झस्कायो। कृष्णको घरमा आमा बट्टाइदेवी आचार्य र उनीहरूका १२ वर्षीया छोरी थिइन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आमा बट्टाइदेवी पनि हिजो घरमा हुनुहुन्थेन भने छोरीले भने बाबुले आमालाई खुकुरी प्रहार गरेपछि रुँदै सडकमा गुहार माग्न निस्किएकी थिइन्।

कृष्णले गएराती रुष्माको हत्या मात्रै गरेनन्। श्रीमतीको हत्यापछि आफै पनि घरको तीनतला माथिबाट हामफाले। चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारी भन्नुहुन्छ, ‘कृष्ण भागेको भन्दा पनि घटना हेर्दा श्रीमतीको हत्या पछि आत्महत्या गर्ने उद्देश्यले नै तीन तला माथिबाट हामफालेको देखिन्छ।’ यद्यपि घटनाको पूरा अनुसन्धान हुन बाँकी नै छ। अहिले दुबैको शव भरतपुर अस्पतालको शव गृहमा छ।

  • यहाँ उल्लेखित टेक्सट समाचार आएनएसका लागि चितवनकी रिर्पाेटर प्रतिमा सिलवालले लेखेकी हुन् भने
    डीएसपी नरहरी अधिकारीसँग अन्तर्वार्ता चितवन आजका प्रमुख संवाददाता हिरालाल आचार्य डायमण्डले लिएका हुन् ।

Chitwan Aaja चितवन आज
सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.