चितवन, साउन ९-
नारायणगढको पुल्चोकमा ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको ट्याङकरले दिउँसो १ बजेको समयमा ठक्कर दिएको हो । मृतक पुरुष रहेको साथै नारायणगढ बजार क्षेत्रमा मागेर खाने गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तर, उनको परिचय भने खुलेको छैन् । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
ट्याङकर र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार