Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

धम्काएर एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

काठमाडौं, ८ साउन –
निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन् र उनीहरुले पनि आफूहरुलाई ‘सम्मानजनक’ सीट नदिए छुट्टै मोर्चाबन्दी गर्ने चेतावनी मात्र दिएका छैनन् त्यसका लागि कसरत गरेको देखाइरहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको मत परिणाममा सन्तोष व्यक्त गरेको कांग्रेसले केन्द्रीय समिति बैठकले गरेको निर्णयमा भनिएको छ- बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनबाट स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्वोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग सम्वाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।

त्यस्तै अर्को निर्णयमा भनिएको छ- यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँचवर्ष स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।

त्यसमाथि कांग्रेसको बैठकमा गृहमन्त्रीमार्फत एक्ला एक्लै लड्दा नेकपा माओवादी र समाजवादीको अत्यन्तै न्यून स्थानमा सीट आकलन गरिएको सरकारी रिपोर्ट पेस गरिएको नेताहरुले बताएका छन् । एकीकृत समाजवादीले १ र माओवादी केन्द्रले ७ वा ८ स्थानमा मात्र जित निकाल्न सक्ने भन्दै डाटा प्रस्तुत गरेर कांग्रसले ती दलहरुलाई कमजोर देखाइदिएको छ । जसमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले असन्तुष्टि नै जनाएका छन् ।

सरकारी डाटा भन्दै समाचारहरु सार्वजनिक भएपछि एक कार्यक्रममा नेपालले सीट संख्यालाई अत्यन्त कम देखाएर आफूहरुको मानमर्दन गर्न खोजेको बताएका छन् ।

कांग्रेसले सहयात्री दलहरुलाई कस्दै आफूलाई बलियो शक्तिको रुपमा देखाउने प्रयत्न गरिरहँदा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतले सत्ता गठबन्धनभित्रको अर्को गठबन्धनको तयारी गरेको सन्देश कांग्रेसलाई दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी एकता वा समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहको बताएका छन् । त्यसका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच केही चरणमा छलफल भइरहेको छ । तर यसबारे औपचारिक टुंगो लाग्न बाँकी रहेको नेताहरुको भनाइ छ ।

‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ’ शनिबार जनकपुर पुगेका प्रचण्डले भनेका थिए, ‘त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन ।’

त्यस्तो वामपन्थी गठबन्धन र मोर्चाबन्दी गरेर कांग्रेसलाई मात्र होइन नेकपा एमालेलाई पनि ‘धक्का’ दिने पक्षमा प्रचण्ड र माधव नेपाल रहेका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् । ‘…एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ । यो त्यति सफल हुँदैन,’ ओलीले भनेका थिए ।

चुनावसम्ममा सत्ता गठबन्धन टुट्ने उनको दाबी छ । ‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उनले भने ।

तर सत्ता गठबन्धनका दलहरु भने चुनावसम्म मात्र होइन सत्ता गठबन्धन पाँच वर्ष कायम रहने दाबी गर्छन् । गठबन्धन भए पनि कांग्रेसले आफूहरुलाई प्रयोग गर्न खोजेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको तर्क छ । ओलीकै कारण कांग्रेससँग गठबन्धनमा जानुपर्ने बाध्यता आइपरेको भए पनि अहिले कांग्रेसमा पनि ओलीको जस्तै अहंकार बढ्दै गएकाले सडकमा पुग्ने अवस्था नल्याउन कांग्रेसलाई उनले अनुरोध गरेका छन् ।

उनले आफ्नो दल अब पूर्ण रुपमा गठबन्धनको भर नपर्ने दाबी गरेका छन् र कांग्रेसलाई एक्लै भए पनि चुनावमा जाने चुनौती पेस गरेका छन् । अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताउँदै आफ्नै बलमा निर्वाचन लड्ने चेतावनी दिइरहेका छन् । उता माओवादी केन्द्रमा पनि कांग्रेसले गठबन्धनको नाममा आफूहरुलाई पेलिरहेको नेताहरुले बताइरहेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन नसक्ने चेतावनी दिएका छन् । न्युज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.