भक्तपुर, साउन ८-
भक्तपुरमा आज(आइतबार)रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो ।
जसमध्ये बसमा सवार २ र स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।








