काठमाडौं,साउन ८-
आगामी तीन महिनाभित्र सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ ।
आज आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो ।