झापा, साउन ८-
झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
एउटै रुखमा झुण्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।
यत्तिबेला घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताउनुभयो ।








