रुकुम ,साउन ७, २०७९ –
रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।
आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उहाँको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताएका छन् ।
महिलाको शव भेटियो
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ निपानेमा अन्दाजी ३५÷४० वर्षीया महिलाको शव फेला परेको छ । ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो । महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए । रासस








